मन्त्रिपरिषद्का निर्णय सार्वजनिकः १८ अर्ब रुपैयाँ विदेशी ऋण स्वीकृत, अरु निर्णय के-के भयो ?

काठमाडौं, २५ मंसिर । सरकारले शुक्रबार पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकार प्रवक्ता पार्वत गुरुङले गत कात्तिक २७ र मंसिर ३ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन्।

सरकारले विश्व विकास बैंकको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्रस्तावित १५ करोड अमेरिकी डलर अर्थात नेपाली करिब १८ अर्ब बराबरको सहुलियतपूर्ण ऋण स्वीकृत गर्ने निर्णय गरेको छ । गत मंसिर ३ गते बसेको मन्त्रिपरिषदको बैठकले यो निर्णय गरेको हो । सरकारका प्रवक्ता समेत सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङका अनुसार नेपालको शहरी शासन तथा पूर्वाधार विकासका लागि सो ऋण लिन लागिएको हो ।

मन्त्रिपरिषद्को बैठकले व्यवसायिक निरन्तरता कर्जा कार्यविधि २०७७ पनि स्वीकृत गरेको छ । कोभिड १९ बाट प्रभावित साना तथा मझौला उद्योग व्यवसायलाई सहयताका लागि कर्जा दिनका लागि सो कार्यविधि स्वीकृत गरेको छ । अतिप्रभावित क्षेत्र, प्रभावित क्षेत्र र न्यून प्रभावित क्षेत्र गरी ३ भागमा विभाजन गरी सो आधारमा कोभिड १९ बाट प्रभावित व्यवसायलाई सहायता दिन कार्यविधि स्वीकृत गरेर लागू गरिएको मन्त्री गुरुङले बताए ।

अरु के-के भयो निर्णय ? पढ्नुहोस्

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति