देशभर १९४५ संक्रमित थपिए, २२ जनाको मृत्यु

काठमाडौं, ५ मंसिर । नेपालमा बितेको २४ घण्टामा थप १९४५ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा १० हजार ३ सय ४० जनाको पीसीआर परीक्षण गर्दा ७ सय ४० महिला र १ हजार २ सय ५ जना पुरुष गरी १९४५ जना संक्रमित भएका हुन् ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १५ हजार ९ सय ६५ जना पुगेको सरकारी तथ्यांकमा उल्लेख छ । बितेको २४ घण्टामा ५ हजार ३ सय ६४ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ९१ हजार २ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

थप २२ जनाको मृत्यु
गत २४ घण्टामा थप २२ जनाको कोरोना भाईरस संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म मृत्यु हुने १२९८ जना रहेको सरकारी तथ्यांकमा उल्लेख छ ।

यस्तै सक्रिय संक्रमितको संख्या २४६६५ रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनीहरुमध्ये १९ हजार १४ जना होम आइसोलेसनमा छन् भने ४०३ जनाको आईसीयू र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

काठमाडौं उपत्यका थप ११०७ जना संक्रमित
काठमाडौं उपत्यकामा थप थप ११०७ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित थपिएकामा काठमाडौंका ८६२, भक्तपुर ७१ र ललितपुरमा १ सय ७४ जना छन् ।

कहाँ कति संक्रमित थपिए ?

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board