कोरोना संक्रमणले होटेल संघ निवर्तमान अध्यक्ष अमरमान शाक्यको मृत्यु

काठमाडौं, ५ मंसिर । होटेल संघ नेपाल (हान) का निवर्तमान अध्यक्ष अमरमान शाक्यको मृत्यु भएको छ । कोरोना संक्रमण भएका ७० वर्षीय शाक्यको उपचारका क्रममा शुक्रबार बिहान ३ बजे ॐ अस्पतालमा मृत्यु भएको हो ।

हानका सदस्य युवराज श्रेष्ठका अनुसार दसैँपछि कोरोना संक्रमण पुष्टि भएका शाक्यमा निमोनियाँ देखिएको थियो । उनी केही दिनदेखि स्वास्थ बिग्रिएपछि ॐ अस्पतालमा भर्ना भएका थिए । शाक्य सोल्टिमोडस्थित अमर होटेलका संचालक हुन् । उनका एक छोरा डाक्टर हुन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board