आज प्रदेश नम्बर २ मा सार्वजनिक बिदा

जनकपुरधाम, मंसिर ५ । प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वको आज मुख्य दिन प्रदेश सरकारले प्रदेश नम्बर २ का आठ जिल्लामा सार्वजनिक विदा दिएका छन् । प्रदेश सरकारले सूचना निकालेर शुक्रबार र शनिबार बिदा दिएको उल्लेख गरेको छ। छठमा केन्द्र सरकारले भने बिदा दिएको छैन।

छठ पर्वको आज मुख्य दिन साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व बुधबारदेखि शुरु भएको हो । छठका अवसरमा प्रदेश नम्बर २ ले शुक्रबार सार्वजनिक बिदा दिएको हो ।

कोरोना भाइरस संक्रमण रहेकोले स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गरेर छठ मनाउन प्रदेश नम्बर २ सरकारले आग्रहसमेत गरेको छ ।

सूचना…

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति