स्मीताको ‘मालिङ्गो’ सार्वजनिक, राजेश हमालसँग दमदार अभिनय (भिडियो)

काठमाडौं — स्मिता दाहालको आवाजमा ‘मालिङ्गो’ बोल रहेको गीत म्युजिक भिडियो सार्वजनिक भएको छ । आफैले गाएको गीतमा स्मीताले नायक राजेश हमालसँग अभिनय गरेकी छिन् । गीतको भिडियोमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनीसमेत रहेकी स्मीता नायक राजेश हमालको जोडी भएर देखिएकी छिन् ।

स्मीता र राजनराज शिवाकोटीको स्वर रहेको ‘मालिङ्गो’ बोलको गीतको भिडियोमा स्मीता राजेश हमालसँग देखिएकी हुन् । भिडियोले बलात्कार हुनबाट जोगिएकी किशोरीको कथालाई देखाएको छ । भिडियोमा राजेश हमाल पत्रिका पुर्याउने हकरको भूमिकामा देखिएका छन् ।

सुनिता नेपाल सुवेदीको शब्द रहेको गीतमा राजनराज शिवाकोटीको संगीत, उदयराज पौडेलको एरेन्ज, श्यामस्वेत रसाइलीको मिक्सिङ छ भने सम्पादन भुपेन्द्र अधिकारी तथा कलर रेनिस फागोको रहेको छ । सुनिल क्षेत्रीको कथाकन्सेप्ट र कोरियोग्राफीमा बनेको भिडियो नवराज उप्रेतिले खिचेका हुन् भने सरोज ओलीको निर्देशनमा बनेको हो ।

भिडियो…

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board