साहरुख अब पठानमा, सुरु भयो छायांकन

बलिउड – बलिउड नायक साहरुख खानको ‘पठान’ चलचित्रको छायांकन शुरु भएको । २ बर्षपछि चलचित्रको छायांकन सेटमा फर्किएका छन् । २ बर्ष अगाडि रिलिज भएको चलचित्र ‘जिरो’पछि साहरुखले चलचित्रमा काम गरेका थिएनन् ।

२ बर्ष लामो ब्रेक लिएपछि उनले चलचित्रको छायांकन सुरु गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । साहरुखले बुधबारबाट चलचित्र ‘पठान’को छायांकन सुरु गरेका हुन् । बुधबारबाट यो चलचित्रको छायांकन यशराज स्टूडियोमा सुरु भएको छ । लामो कपाल पालेका साहरुख यो चलचित्रमा एक्सन अवतारमा देखिनेछन् ।

चलचित्रमा नायिकाको रुपमा दीपिका पादुकोणले काम गर्दैछिन् । चलचित्रमा नायक जोन अब्राहिम खलनायकको भूमिकामा देखिदैछन् । जोनले जनवरीदेखि यो चलचित्रको छायांकन सुरु गर्नेछन् ।

साहरुखले ‘पठान’को छायांकन सुरु गरेपछि सामाजिक संजालमा उनका फ्यानहरु उत्साहित देखिएका छन् । तर, यशराज ब्यानर र साहरुखले चलचित्रको घोषणा भने गरेका छैनन् । यो चलचित्रको काम सकिएपछि साहरुखले निर्देशक राजकुमार हिरानीको चलचित्रमा काम गर्ने चर्चा छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board