बच्चामा देखिने कोरोनाको लक्षण अन्यभन्दा फरक, यी हुन् धेरै देखिने तीन लक्षण

काठमाडौं, ४ मंसिर । बच्चामा हुने कोभिडको संक्रमण लक्षणको प्रस्तुति युवाको भन्दा थोरै फरक वा ढिला देखा पर्ने हुन्छ ।

बच्चामा संक्रमण कम गम्भीर हुने हुँदा वयस्क जनसंख्याको तुलनामा उनीहरूले कमजोर एन्टिबडी प्रतिक्रिया देखाउने कारण पनि हुन सक्छ । बच्चाहरूका लागि कोभिडको प्रभावकारी खोप अहिले नै प्रारम्भिकरूपमा उपलब्ध नहुन सक्छ र विद्यालय फेरि खुल्दा, बच्चालाई सुरक्षित राख्नु महत्वपूर्ण हुन्छ ।

किंग्स कलेज लन्डन, गाय्ज र सेन्ट थमस अस्पताल र डाटा–विज्ञान कम्पनी, जोई, को आधारमा बेलायतका अन्वेषकहरूको टोलीद्वारा गरिएको संयुक्त अध्ययनले कम्तिमा २०० संक्रमित बालबालिकाको व्यवहार र लक्षणहरूको अध्ययन गरेका थिए । एक तिहाइ बच्चाहरू एसिम्प्टोमेटिक थिए । अध्ययनको प्रमाणले एसिम्प्टोमेटिक बच्चाहरूले लामो समयसम्म तीन हप्ताभन्दा बढी भाइरस प्रशारण गर्न सक्ने देखाएको छ ।

युके आधारित अध्ययनले कोभिड संक्रमण भएका बच्चामा विशेषगरी ज्वरो, थकान र टाउको दुख्ने गरी तीन लक्षण देखा पर्छ । घाँटी दुखाइ वा खोकी, जुन एक सामान्य कोभिडको संकेत मानिन्छ, बच्चामा त्यति प्रचलित भने थिएन । भर्खरका केही अध्ययनले बच्चाले घाँटी दुख्ने, नाक बग्नेभन्दा पनि गन्ध र स्वादको हराउने रिपोर्ट गरेका छन् ।

अन्य लक्षणमा झाडापखाला, शरीर दुखाइ, भोक नलाग्नु पनि सामान्य थियो । संक्रमणका सम्भावित लक्षण पत्ता लगाउनु पर्ने अर्को लक्षण छालामा दाग र इन्फ्लेमेसन हुन सक्छन्, जसलाई ‘कोभिड टोज’ भनेर चिनिन्छ । यदि बच्चाले छालामा असामान्य रेशेस वा केही परिवर्तन विकास गर्छ भने यो कोभिडको लक्षण हुन सक्छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board