नेकपा सचिवालयको बैठक सार्न ओली पक्षको प्रस्ताव, प्रचण्डद्वारा अस्वीकार

काठमाडौं, २ मंसिर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा सचिवालयको बुधबार बस्ने बैठक केही दिन पछाडि सार्न केपी ओली पक्षले प्रचण्ड माधव पक्षसँग प्रस्ताव गरेको छ । कात्तिक २८ गते सुरु भएको सचिवालय बैठक बुधबार दिउँसो १ बजे बालुवाटारमा बस्ने गरी तय भएको थियो ।

प्रधानमन्त्री ओली पक्षले बुधबारको बैठक केही दिन पछि सार्न कार्यकारी अध्यक्ष प्रचण्डलाई प्रस्ताव गरेको बालुवाटार स्रोतले जानकारी दिएको हो । बुधवारका लागि पूर्वनिर्धारित सचिवालय बैठकको पूर्वसन्ध्यामा ओलीपक्षको ‘कोर टीम’बीच मंगलवार बालुवाटारमा भएको छलफलमा नेताहरुले सहमति गरेर मात्र सचिवालय बैठक राख्नुपर्ने बताएका हुन् ।

तर, प्रचण्डले भने बैठक सार्नेरसार्ने विषय बैठकबाटै टुंगो लगाउनुपर्ने जवाफ दिए स्रोतले जनायो । ‘बुधबार बैठक बसौं, त्यहीँबाट जे निर्णय गर्ने हो गरौंला’ बैठक नै सार्ने भएपनि सवै बहुमत सदस्यले गरेको बैठक बसेपछि त्यहिबाटै बैठक सार्ने निणर्य गर्ने अध्यक्ष प्रचण्डले जवाफ दिएको एक सचिवालय सदस्यले बताए ।

शुक्रबारको बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले केपी ओलीमाथि विभिन्न आरोपहरु लगाउँदै १९ पृष्ठ लामो प्रस्ताव पेश गरे । बुधबारको बैठकमा सो प्रस्तावमाथि छलफल हुनुपर्ने प्रचण्डको अडान रहेको छ भने ओली पक्षले चाहिँ प्रचण्डले सो प्रस्ताव फिर्ता लिनुपर्ने अडान राख्दै आएको छ ।

प्रधानमन्त्री ओलीले प्रचण्डको प्रतिवेदनलाई वाहियात र झूठको संज्ञा दिँदै आफूले त्यसको जवाफ नदिने बताए । प्रचण्ड–माधव पक्ष भने सहमतिकै आधारमा बैठकको मिति तय भएकाले बहुमत सदस्यको उपस्थितिमै भए पनि बैठक बस्ने बताउँछन् । बुधबारको सचिवालय बैठकबाट स्थायी कमिटीको बैठकको मिति तय गर्ने प्रचण्ड–माधव पक्षको तयारी रहेको भएपनि ओली पक्षको आग्रहलाई विचार गरेर भोलिको सचिवालय बैठक थप लम्बिन पनि सक्ने एक नेताले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति