२४ घण्टामा देशभर ५०२ संक्रमित थपिए, २८७८ डिस्चार्ज

काठमाडौं, २ मंसिर । पछिल्लो २४ घण्टाको अवधिमा थप ५ सय बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ११२ जनाको पीसीआर परीक्षण बितेको २४ घण्टाको अवधिमा ५०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज २ हजार ८७८ जना संक्रमित निको भएका छन् । यससँगै हालसम्म कोरोना संक्रमण निको हुनेको संख्या १ लाख ७९ हजार २४२ जना पुगेको मन्त्रालयले जनाएको छ । हाल १ हजार ३ जना क्वारेन्टाइनमा रहेका छन् । अहिलेसम्म १६ लाख १७ हजार २३ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयको तथ्यांक रहेको छ । यस्तै देशभर मृत्यु हुनेको कुल संख्या १ हजार २४७ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ३० हजार ९८६ पुगेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३३९ जना संक्रमित थपिएका छन् । संक्रमितमा १४६ महिला र १९३ पुरुष रहेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति