‘मैले अब एक्स्ट्रिम कदम चाल्न सक्छु, बैठकमा म जान्न’ – प्रधानमन्त्री ओली

काठमाडौं,३० कात्तिक । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफूले एक्स्ट्रिम कदम चाल्ने चेतावनी दिएका छन् । पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालसँगको भेटवार्तामा ओलीले एक्स्ट्रिम कदम चाल्ने चेतावनी दिएका हुन् । आइतबार बालुवाटारमा महासचिव विष्णु पौडेललाई साक्षी राखेर प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गरेका थिए

प्रचण्डले सचिवालय बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रस्ताव तत्काल फिर्ता नलिएमा आफू बैठकमा उपस्थित नहुने र एक्स्ट्रिम कदम चाल्ने चेतावनी दिएको वरिष्ठ नेता नेपालले आफू निकट नेताहरुलाई बताएका छन् ।

कार्यकारी अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डले बैठकमा प्रस्तुत गरेको प्रस्ताव आफूमाथिको झूठा आरोप भएको भन्दै ओलीले झूठा आरोपको जवाफ नदिने र बैठकमा पनि सहभागी नहुने नेपाललाई भनेका छन् । महासचिव विष्णु पौडेललाई साक्षी राखेर ओलीले आफूमाथिको आरोप फिर्ता नगरेमा अर्को कुनै कदम चाल्ने र अवस्था थप भयावह हुने चेतावनी ओलीले दिएका नेपालले बताएका छन् ।

वरिष्ठ नेता नेपालले बैठकबाट खण्डन गर्न आग्रह गरेका थिए । झण्डै तीनघन्टासम्म चलेको भेटवार्तामा अधिकांश समय प्रचण्डको आलोचनामा ओलीले समय खचिएका थिए ।

प्रचण्डसँग सँगै हिँड्न नसकिने निष्कर्ष निकालेर ओलीले आफूलाई सहयोगका लागि आग्रह गरेको नेपालले आफू निकटका नेतालाई बताएका छन् । आइतबार माधव नेपाल र विष्णु पौडेलसँग छलफल गर्नुअघि प्रधानमन्त्री ओलीले बालुवाटारमै उपाध्यक्ष वामदेव गौतमसँग करिब डेढघण्टा छलफल गरेका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board