कालीकोट, २८ कात्तिक । कालीकोटका शैक्षिक अभियानकर्मी कालीबाहन विष्टको ६८ वर्षका उमेरमा निधन भएको छ । लामो समयदेखि मधुमेहका बिरामी विष्टको काठमाडौंमा उपचारका क्रममा आज बिहान निधन भएको छोरा रोहनले जानकारी दिए ।
नरहरिनाथ गाउँपालिका – ८ लालु स्थायी घर भएका विष्टले लामो समय जिल्लाका विभिन्न विद्यालयमा अध्यापन गरेका थिए उनी कालीकोटमा शिक्षाको ज्योति फैलाउने अग्रणी व्यक्तित्व भएको गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टले बताए । उनी नेपाल सरकारबाट समेत सम्मानित भएका थिए ।
प्रतिक्रिया