विश्वभर कोरोना संक्रमितको संख्या पाँच करोड १९ लाख ७५ हजार नाघ्यो

बेइजिङ, २७ कात्तिक । विश्वभर पाँच करोड १९ लाख ७५ हजारभन्दा बढी व्यक्ति कोभिड–१९ बाट सङ्क्रमित भएको जोन हकिन्स विश्वविद्यालयद्वारा संकलन गरिएको तथ्याङ्कमा उल्लेख छ । सबैभन्दा बढी अमेरिकामा एक करोड ३८ लाख चारहजारभन्दा बढी सङ्क्रमित रहेका छन् भने भारतमा ८६ लाख ३६ हजारभन्दा बढी सङ्क्रमित रहेका छन् ।

अमेरिका र भारतपछि बढी सङ्क्रमित भएका मुलुकहरूमा क्रमशः ब्राजिलमा करिब ५७ लाख, फ्रान्समा १९ लाख १४ हजार, रूसमा १८ लाख, स्पेनमा १४ लाख, अर्जेन्टिनामा १२ लाख, बेलायतमा १२ लाख र कोलम्बियामा ११ लाख र इटालीमा १० लाखभन्दा बढी सङ्क्रमित रहेका छन् ।

अमेरिकामा दुई लाख ४७ हजार ३९८, ब्राजिलमा एक लाख ६३ हजार ४०६ र भारतमा एक लाख २८ हजार १६५ व्यक्तिको मृत्यु भइसकेको छ । फ्रान्स,स्पेन, इटाली, बेलायत, मेक्सिको अर्जेन्टिना, जर्मनीलगयतका मुलुकमा पनि कोभिड–१९ सङ्क्रमित हजारौँ व्यक्तिको मृत्यु भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति