संखुवासभाको किमाथांका पुगे प्रधानमन्त्री ओली

काठमाडौँ, २६ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली संखुवासभाको सीमा किमाथांका पुगेका छन् । उत्तरी छिमेकी चीनसँग जोडिएको संखुवासभाको सीमा किमाथांकामा प्रधानमन्त्री ओलीसँग भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललगायत गएका छन् ।

बुधबार ९ बजे सेनाको हेलिकोप्टरबाट संखुवासभा गएका प्रधानमन्त्री ओली आजै काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईंका अनुसार संखुवासभा भ्रमणमा प्रधानमन्त्री ओलीले सीमा क्षेत्रको सुरक्षा अवस्थाको निरीक्षण गर्ने, अरुण तेस्रो जलविद्युत् आयोजनाको अवलोकन गर्ने, किमाथांका भएर हुने अन्तरदेशीय व्यापारको सम्भाव्यताबारे अध्ययन गर्ने कार्यक्रम रहेको छ ।

किमाथांकामा बहालवाला प्रधानमन्त्री पहिलोपटक गएको र यो क्षेत्रको विकासका लागि प्रधानमन्त्री ओलीको भ्रमण महत्त्वपूर्ण रहेको बताइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति