रुपन्देहीमा एकजना कोरोना संक्रमितको मृत्यु

बुटवल, २३ कात्तिक । रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको ज्यान गएको छ । बुटवल उपमहानगरपालिका-२ की ७० वर्षीया महिलाको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो ।

कात्तिक १६ गते कोरोना संक्रमण पुष्टि भएपछि १७ गते अस्पताल भर्ना भएकी महिलाको शनिबार बिहान साढे ५ बजे मृत्यु भएको हो । अस्पतालले शनिबार राति ९ बजे विज्ञप्तिमार्फत ती महिलाको मृत्यु भएको जनाएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार रुपन्देहीमा कोरोना संक्रमणले मृत्यु हुने संख्या ८२ र लुम्बिनी प्रदेशमा १९६ पुगेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति