घाँस काट्न गएकी एक महिलाको भीरबाट खसेर मृत्यु

नवलपुर, २० कात्तिक । जिल्लाको बुलिङटार गाउँपालिकामा भीरबाट खसेर एक जना महिलाको मृत्यु भएको छ । नवलपरासी बर्दघाट–सुस्तापूर्वको बुलिङटार गाउँपालिका–५ मा भीरबाट खस्दा स्थानीय ३१ वर्षीया पिहीसरा सार्कीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार बुधबार बिहान लापाकको भीरमा घाँस काट्न जाने क्रममा उनको मृत्यु भएको थियो । अबेरसम्म पनि घर नआएपछि उनको खोजी गर्दा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । आफन्तले खोजी गर्नेक्रममा भीरबाट करिब २५ मिटर तल खोल्सामा उनको शव फेला पारेको मल्लले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति