पेन्सिलभेनियाका गभर्नरद्वारा मतगणना स्थगित गर्न अस्वीकार

काठमाडौं,२० कात्तिक । पेन्सिलभेनियाका गभर्नर टम वुल्फले मतगणना स्थगित गर्ने डोनाल्ड ट्रम्पको चुनावी अभियानको आग्रह अस्वीकार गरेका छन् । उनले गणना जारी राख्ने बताएका छन् ।

यद्यपि मतगणनाका क्रममा धाँधली या अनियमतता भएका कुनै प्रमाण भेटिएको छैन। पेन्सिलभेनियामा डेमोक्रेटले मत चोर्ने प्रयास गरेको भन्दै ट्रम्पको चुनावी अभियानले मतगणना स्थगित गर्न आग्रह गरेको थियो ।

गभर्नर वुल्फले भने हरेक मत गणना होस् भन्नका लागि मैले आफ्नो शक्तिले भ्याएसम्म गर्छु,’ हरेक मतलाई सरंक्षण गर्न र लड्न तयार छु । गभर्नर वुल्फले डेमोक्रेटिक पार्टीका तर्फबाट जितेका हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति