म कुनै पनि परिस्थितिमा राजीनामा दिन्‍नँः प्रधानमन्त्री

काठमाडौं, १९ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा नदिने बताएका छन् । आफूले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर लैजानु भएको प्रधानमन्त्री ओलीले बताए ।

बुधबार मनमोहन सेन्टर एनेक्सको भवनको उद्घाटन कार्यक्रममा उनले अहिले राजीनामा नदिने बताए । उनले भने ‘मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो । त्यसकारण म राजीनामा दिने बाला छैन ।’ प्रधानमन्त्रीबाट आफूलाई हटाउने धेरै कोशिस भएको प्रधानमन्त्री ओलीको भनाई छ ।

प्रधानमन्त्री ओलीले बेलाबेला आफूले राजीनामा दिन लागेको भनेर हल्ला हुने गरेको बताउँदै सो कुरा बताएका हुन् । उनले भने ‘म यहाँ आएको जालझेल र तिक्डमबाट होइन, जनताको आवश्यकता र व्यापक समर्थनबाट हो । तपाईंहरु ढुक्कले काममा लाग्नुस्’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति