भिटेनलाई पक्राउ तथा धरपकड नगर्न उच्च अदालतको आदेश

काठमाडौं, १८ कात्तिक । चर्चित नेपाली र्‍यापर समिर घिसिङ ‘भिटेन’ लाई पक्राउ नगर्न उच्च अदालत, पाटनले आदेश दिएको छ । उच्च अदालत, पाटनले भिटेनलाई पक्राउ तथा धरपकड नगर्न प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले उनलाई गीत, संगीतको विषयमा उनलाई पक्राउ गर्नुपर्ने कारण नदेखिएको भन्दै धरपकड नगर्न प्रहरीलाई आदेश दिएको हो । गीतमा प्रहरीलाई समेत गाली गरिएको भन्दै प्रहरीले उनलाई खोज्न थालेपछि गीतको भिडियो युट्युबबाट समेत हटाएको थियो । उनले हालै सार्वजनिक गरेको एक गीत विवादमा मुछिएपछि भिटेनले प्रहरीले पक्राउ गर्नुअघि नै उच्च अदालत पाटनमा हाजिर भएका थिए। उच्च अदालतका प्रवक्ता शम्भुप्रसाद रेग्मीले भिटेन आफै अदालतमा हाजिर भएको पुष्टि गरे ।

अदालतका उप–रजिस्टार शम्भु रेग्मीले भिटेनलाई धरपकड नगर्न प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोको नाममा अन्तरिम आदेश जारी गरिएको बताए । भिटेनले प्रेस विज्ञप्ति समेत जारी गरेर गीतलाई संशोधनपछि पुनः राखिने बताई सकेका छन् । त्यहीबीच उनले अदालतमा प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोलाई विपक्षी बनाएर १६ कात्तिकमा निषेधाज्ञा सम्बन्धी रिट निवेदन दिए ।

यो पनि पढ्नुहोस्…

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति