छुट्टै परिचय दिन सफल आगन्तुक रिसोर्ट (फोटो फिचर)

काठमाडौं – आगन्तु रिसोर्ट नवआगन्तुक पर्यटकहरुका लागि एउटा प्रमुख गन्तव्य हुन सक्छ । काठमाडौंबाट २८ किलोमिटर दुरीमा रहेको होटल हबको रुपमा धुलिखेल नगरसँगै अति नै मनोरम दृश्यावलोकन गर्न सकिने रमणिय स्थलमा छ आगन्तु रिसोर्ट ।

विगत ३ वर्षबाट निर्माण सुरु गरि गत जनवरीबाट सञ्चालनमा ल्याउने तयारी गर्दा गर्दै कोभिड महामारीका कारण केही ढिला भएपनि यो रिसोर्ट छुट्टै परिचयसहित सञ्चालनमा आएको छ । शान्त एवम् रमणिय वातारणमा अतिथी देवो भवः लाई मूल मन्त्र मान्दै आन्तरिक एवम् बाह्य पर्यटकीयहरुको निमित्त आकर्षणको केन्द्र बन्दै गइरहेको छ ।

आधुनिक रिसोर्टको अवधारणा अनुरुप सेवा दिइरहेको यस रिसोर्टका विशेषताहरु फूल माउन्टेन भियू, सनराइज, होटल परिसरभित्र नै सबैभन्दा ठूलो झर्ना, स्वमिङ पुल, आउटडोर ज्याकुजी ट्वान्टी फोर् आवर हट एण्ड कोल्ड रहेको र ७४ वटा रुमहरुसहित प्रत्येक रुममा बाल्कोनी, २५० देखि ३०० स्कवायर फिटका रुमहरु छन् ।

प्रत्येक रुमहरुको बेडबाटै सनराइज र माउन्टेन भिउ देख्न सकिन्छ । रुमभित्रको एम्युनिटिजहरुलाई ध्यन दिइएको छ । नेपालको अर्थतन्त्रको प्रमुख आधार कृषि र पर्यटन क्षेत्रमा लगानी गर्ने उद्येश्यसहित युवा व्यवसायीहरु कृष्ण ज्ञवाली, सरस्वती ज्ञवाली, शिला ज्ञवाली र हरि नेपाल लगायतका युवा व्यवसायीहरुले लगानी गरेका हुन् । कोरोना महामारीका कारण पर्यटन क्षेत्रमा धरासायी बनिरहेको कुरालाई सरकार र सम्बन्धित निकायले यथष्ट सम्बोधन गर्नुपर्नेमा उनीहरु जोड दिन्छन् ।

आगन्तुक रिसोर्ट, आधुनिक रिसोर्टको परिकल्पनाअनुरुप रिसोर्टका भौतिक संरचना एवम् रुमहरु अत्याधुनिक छन् । बच्चाहरुका लागि किडजोन, स्पा, हेथ क्लब, स्नोकर, टेबलटेनिस जस्ता इन्डोर गेमहरु, बार, इन्डोर स्टिम सौना, ३०० देखि ३५० क्षमताको बैङक्विट हल र तीन वटा हेलिप्याड रहेका छन् ।

रिसोर्टका नजिकै धार्मिकस्थलहरु गोसाइकुण्ड, संस्कृत विद्यालय, ऐतिहासिक महत्वको शिवको मन्दिर जहाँ पूर्णिमाको दिन लाखौंको भीड लाग्ने गरेको छ, त्यस्तै भिउ टावर छ, जहाँबाट २०० डिग्रिका हिमाली रेन्जहरु देख्न सकिन्छ ।

त्यस्तै हाइकिङ, साइकललिङ छन् सफिसेन्ट गाइडहरु छन् । यी लगायतका विभिन्न सुविधाहरुसहित रिसोर्ट सञ्चालनमा रहेको रिसोर्टका प्रबन्ध निर्देशक हरि नेपाल बताउँछन् । आगामी दिनमा थप सुविधाहरुसहित पर्यटकीय नगरि धुलिखेलमा रहेका रिसोर्टहरुमध्येमा सबैको रोजाईको रिसोर्ट बन्नेमा यस रिसोर्टका सञ्चालकहरु विश्वस्त छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board