धरानमा उपचाररत कोरोना संक्रमित एक युवकको मृत्यु

सुनसरी, १८ कात्तिक । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत कोरोना संक्रमित एक युवकको मृत्यु भएको छ ।

सप्तरीको महादेवा–६ घर भई हाल धरान– १८ मा बस्दै आएका ३० वर्षीय युवकको सोमबार साँझ ५:४० बजे मृत्यु भएको हो । प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार पीसीआर परीक्षण गराउँदा सोमबार नै मृतकको रिपोर्ट पोजेटिभ आएको थियो ।

कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । तर थप उपचारका लागि कोभिड अस्पताल भर्ना गर्न नपाउँदै संक्रमितको मृत्यु भएको डा. श्रेष्ठले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति