‘पारा’को संशोधित भिडियो निकाल्दै ‘भिटेन’

काठमाडौँ — चर्चित नेपाली र्‍यापर समिर घिसिङ ‘भिटेन’ले नयाँ गीत ‘पारा’ संशोधनपछि पुनः रिलिज गर्ने बताएको छ । ‘भिटेन’ले आफ्नो नयाँ र्‍याप ‘पारा’मा आपत्तिजनक शब्दहरुको संशोधन गरेर संशोधित नयाँ म्युजिक भिडियो चाँडै नै सार्वजनिक गर्ने भन्दै विज्ञप्ति निकालेका छन् ।

र्‍यापर समिर घिसिङ ‘भिटेन’ले ‘पारा’ बोलको गीत सार्वजनिक भएपछि पुनः विवादमा तानिए । करिब ३ साताअघि युट्युबमा सार्वजनिक भएको ‘पारा’ शीर्षकको भिडियोमा आपत्तिजनक शब्द प्रयोग भएको भिटेनलाई कारबाही गर्ने भन्दै प्रहरीले अनुसन्धान थालेपछि उनले उन्ले आफेनो नयाँ गीत पाराको संशोधन भिडियो निकाले बताएको हो ।

आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक भएको विज्ञप्तिमा भिटेनले नयाँ गीतबाट कतिपय निकायप्रति ठेस पुगेको गुनासो आएपछि आपत्तिजनक शब्दको संशोधन गरिएको उल्लेख गरेका छन् । ‘सम्बन्धित निकायहरु तथा महानुभावहरुलाई उक्त म्युजिक भिडियोमा प्रयोग भएका केही शब्दहरुबाट पर्न गएको असुविधा तथा चोटप्रति क्षमायाचना गर्दछौं’ विज्ञप्तिमा लेखिएको छ, ।

‘उक्त म्युजिक भिडियोलाई अनाधिकृत रुपमा कुनै पनि माध्यमबाट अपलोड नगरिदिन हुन आग्रह गर्दै आधिकारिक च्यानलबाट चाँडै नै संशोधित भिडियो प्रशारण हुने जानकारी गर्दछौं ।’ त्यसैगरी पहिले रिलिज गरिएको गीतलाई अनिधिकृतरूपमा अपलोड नगर्न आग्रह समेत विज्ञप्तिमा गरिएको छ।
  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति