एसएसपी राईलाई धम्की दिने विप्लव समूहको ललितपुर सेक्रेटरी पक्राउ

काठमाडौं, १६ कात्तिक। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका एक नेतृ ललितपुरबाट पक्राउ परेकी छन् । ललितपुरका एसएसपी टेकप्रसाद राईलाई धम्की दिने सावित्रा अधिकारी (विदुषी) लाई प्रहरीले पक्राउ गरेको हो ।

विप्लव नेतृत्वको ललितपुर जिल्ला सेक्रेटरी सावित्रा अधिकारी (विदुषी)लाई प्रहरीले आज कोणसभा गर्ने तयारी गरिरहेको बेला झण्डा र ब्यानरसहित पक्राउ गरेको छ ।

ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राई नेतृत्वको टोलीले गत जेठ महिनामा विप्लव समूहका ललितपुर जिल्ला समिति सदस्य सानुराज बज्राचार्यलाई पक्राउ गरेको थियो साथए उनको कोठाबाट ठूलो परिमाणमा विष्फोटक पदार्थसमेत बरामद गरेको थियो । प्रहरी स्रोतका अनुसार ललितपुर जिल्ला सेक्रेटरी विदुषीले विज्ञप्ति निकालेर एसएसपी राईलाई धरपकड नगर्न धम्की दिएकी थिइन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति