राष्ट्र बैंकले १ अर्ब २७ करोडको निक्षेपमा लगानी गर्ने

काठमाडौं, १३ कात्तिक । नेपाल राष्ट्र बैंकले १ अर्ब २७ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा १ अर्ब १ करोड ६० लाख, ‘ख’ वर्गको विकास बैंकमा १९ करोड ५ लाख र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा ६ करोड ३५ लाख रुपैयाँ लगानी गर्ने जनाएको छ ।

राष्ट्र बैंकले उत्पादान तथा पेन्सन कोषमा रहेको १ अर्ब २७ करोड रुपैयाँ मंसिर २ गतेदेखि २०७८ साउन ३२ गतेसम्मका लागि बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न लागेको जनाएको छ । बैंक तथा वित्तीय संस्थाले १६ गते दिउँसो साढे ३ बजेसम्म ब्याजदर तोकेर राष्ट्र बैंकमा पेश गर्नुपर्ने गरी सूचना प्रकाशन गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति