ट्रम्पको चुनावी र्‍यालीबाट कोराना फैलने पक्का छ : डा फाउची

अमेरिका , १३ कात्तिक । अमेरिकामा कोरोना महामारीको रोकथाम हेर्ने वरिष्ठ स्वास्थ्य अधिकारी डा. एन्थोनी फाउचीले राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी प्रचारप्रति आलोचना गरेका छन्। उनले ट्रम्पको चुनावी र्‍यालीबाट कोरोना फैलनसक्ने पक्का रहेको भन्दै आलोचना गरेका हुन्।

डा। फाउचीले र्‍यालीमा बिना मास्क सहभागी हुनु, त्यसमा पनि सामाजिक दूरी कायम नहुनुले कोरोना संक्रमणको जोखिम झन् बढेर गएको बताएका छन्। उनले ह्‍वाइट हाउसमा भएको एक सभापछि ट्रम्प प्रशासनका अधिकांश कर्मचारीहरुमा कोरोना पोजेटिभ भएको उदाहरणसमेत प्रस्तुत गरेका छन् ।

कोरोनाबाट जोगिन पूरै देशभर लकडाउन गर्दा उपयुक्त हुने भएकाले यसमाथि ध्यान जानुपर्ने उनको भनाइ छ। उनले लकडाउनबाट आर्थिक रुपमा क्षति पुगे पनि अस्ट्रेलियाको उदाहरण दिँदै मेलबर्नमा लगाइएको लकडाउनबाट कोरोना संक्रमण दर निकै घटेको बताए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति