विश्वप्रसिद्ध सामसुङ कम्पनीका अध्यक्ष ली कुन-हेको निधन

दक्षिण कोरिया – विश्वप्रसिद्ध सामसुङ कम्पनीका अध्यक्ष ली कुन–हेको मृत्यु भएको छ । दक्षिण कोरियाली व्यवसायी लीले सन् १९८७ देखि २००८ र सन् २०१० देखि २०२० सम्म सामसुङ ग्रुपमा अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । आइतबार बिहान दक्षिण कोरियाको राजधानी सिओलमा ७८ वर्षीय लीको मृत्यु भएको हो ।

उनलाई सन् २०१४ मै हृदयघातको समस्या थियो । सामसुङ अमेरिकी कम्पनी एप्पललाई टक्कर दिइरहेको कम्पनी हो । खेलमा रुची राख्ने ली विश्व ओलम्पिक कमिटीको सदस्य पनि थिए । सेप्टेम्बर २०२० मा सामसुङको सम्पत्ति २० अर्ब डलर मूल्याङ्कन गरिएको थियो । सामसुङ विश्वकै एउटा ठूलो प्रविधि कम्पनी हो, दक्षिण कोरियाको अर्थतन्त्र जसको ठूलो योगदान रहेको छ । ली दक्षिण कोरियाका सबैभन्दा धनी व्यवसायी हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति