विश्वप्रसिद्ध सामसुङ कम्पनीका अध्यक्ष ली कुन-हेको निधन

दक्षिण कोरिया – विश्वप्रसिद्ध सामसुङ कम्पनीका अध्यक्ष ली कुन–हेको मृत्यु भएको छ । दक्षिण कोरियाली व्यवसायी लीले सन् १९८७ देखि २००८ र सन् २०१० देखि २०२० सम्म सामसुङ ग्रुपमा अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । आइतबार बिहान दक्षिण कोरियाको राजधानी सिओलमा ७८ वर्षीय लीको मृत्यु भएको हो ।

उनलाई सन् २०१४ मै हृदयघातको समस्या थियो । सामसुङ अमेरिकी कम्पनी एप्पललाई टक्कर दिइरहेको कम्पनी हो । खेलमा रुची राख्ने ली विश्व ओलम्पिक कमिटीको सदस्य पनि थिए । सेप्टेम्बर २०२० मा सामसुङको सम्पत्ति २० अर्ब डलर मूल्याङ्कन गरिएको थियो । सामसुङ विश्वकै एउटा ठूलो प्रविधि कम्पनी हो, दक्षिण कोरियाको अर्थतन्त्र जसको ठूलो योगदान रहेको छ । ली दक्षिण कोरियाका सबैभन्दा धनी व्यवसायी हुन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board