देशवासीका नाममा प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीको सम्बोधन शुक्रबार अपरान्ह ४ः २५ बजे नेपाल टेलिभिजनबाट प्रशारण हुने प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

सरकारले विपन्न, ज्येष्ठ नागरिक, अपांगता भएका, एकल महिलालगायत लक्षित वर्गबाहेक अरुको कोरोना संक्रमणको उपचार सशुल्क गर्ने सरकारको निर्णयको विरोध भईरहेको छ । प्रधानमन्त्रीले पछिल्लो समय भारतीय गुप्तचर निकाय रअका प्रमुखसँग बालुवाटारमा भेटवार्ता गरेको विषयलाई लिएर. आलोचना भईरहेको छ ।

प्रधानमन्त्रीको सम्बोधनमा यी विषय पनि समेटिने बुझिएको छ ।प्रधानमन्त्री ओलीको आधिकारिक वेवसाइट kpsharmaoli.com.np मा पनि हेर्न सकिनेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति