कुटाकुट हुँदा घाइते भएका नेकपा कार्यकर्ताको मृत्यु

पर्सा, ७ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी नेकपाको पर्सामा शपथ ग्रहण कार्यक्रममा झडप हुँदा घाइते भएका एक जनाको शुक्रबार मृत्यु भएको छ । आज बिहान विन्दबासिनी गाउँपालिका—५ का नेकपा गाउँपालिका कमिटीका सचिव मुकेश चौरासियाको मृत्यु भएको हो ।

उपचारका क्रममा चौरासियाको न्युरो अस्पतालमा मृत्यु भएको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले बताए । बिहीबार दिउँसो नेकपाको गाउँपालिका कमिटीको शपथ ग्रहण कार्यक्रममा झडप भएको थियो। प्रहरीका अनुसार एक पक्षलाई नबोलाएको भन्दै पार्टीकै कार्यकर्ताबीच झडप भएको थियो।

उक्त झडपमा आठ जना घाइते थिए त्यसमध्ये चौरासिया गम्भीर घाइते भएका थिए। उपरीक्षक पन्तका अनुसार यस घटनामा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति