भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख १५ हजार १९७ पुग्यो

काठमाडौं, ४ कात्तिक । भारतमा कोरोना भाईरस संक्रमणका कारण हालसम्म मृत्यु हुनेको संख्या एक लाख १५ हजार १९७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोनाबाट ५८७ जनाको मृत्यु भएको हो । अघिल्लो २४ घण्टामा भारतमा ५७९ जनाको कोरोनाबाट मृत्यु भएको थियो । अहिलेसम्म भारतमा कोरोनाका ६७ लाख ३३ हजारभन्दा धेरै संक्रमित निको भइसकेका छन् ।

भारतमा मंगलबार भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा भारतमा ४६ हजार ७९१ नयाँ संक्रमित फेला परेका छन् । यो संख्या गत जुलाई २३ यताकै कम हो ।

यसअघि गत जुलाई २३ मा ४५ हजार ७२० नयाँ संक्रमित फेला परेका थिए । त्यस्तै गत सेप्टेम्बर १७ मा सबैभन्दा बढी करिब ९८ हजार नयाँ संक्रमित फेला परेका थिए । तर, त्यसयता भने निरन्तर नयाँ संक्रमित संख्यामा कमी आइरहेको छ । अहिलेसम्म भारतमा कोरोनाका ७५ लाख ९७ हजार ६४ संक्रमित भेटिएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति