भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङलाई पनि कोरोना संक्रमण

काठमाडौं, ३ कात्तिक । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङलाई कोरोना संक्रमण पुष्टि भएको छ । लक्षण देखिएपछि मन्त्रीले स्वाब दिएका थिए भने उनको पिसिआर परीक्षणको रिपोर्ट सोमबार पोजेटिभ आएको नेम्वाङका स्वकीय सचिव गणेश योङहाङको भनाई छ ।

उनलाई सामान्य ज्वरो र खोकी लागेको छ। अहिले मन्त्री क्वार्टरमै आइसोलेसनमा बसेका छन् । मन्त्री नेम्वाङले आफू संक्रमित भएकोले आफूसँग सम्पर्कमा आएकाहरूलाई सावधानी अपनाउन आग्रह गरेका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति