काठमाडौं, ३ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका (नेकपा) का सबै सांसदको दसैं भत्ता बापत आएको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको छ । धानमन्त्रीले राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधि सभाका सभामुखलगायतसँग छलफल गरेर यस्तो निर्णय गरेको संसदीय दलका उपनेता सुवास नेम्वाङको भनाई छ । दसैं खर्चबापतको भत्ता सरकारको कोरोनाको कोषमा जम्मा गर्ने निर्णय भएको नेता नेम्वाङको भनाइ छ ।
उनले केहीबेरमा प्रधानमन्त्रीले यसबारे वक्तव्य जारी गर्ने जानकारी पनि दिए । कोरोनाका कारण मुलुक नै आर्थिक संकट परेका बेला सांसदहरूले दसैं खर्च लिएको समाचार आएपछि सांसदहरुको चौतर्फी आलोचना भएको थियो ।
नेकपाका प्रतिनिधिसभामा १७४ र राष्ट्रियसभामा ४६ गरी संघीय संसदमा नेकपाका २२० जना सांसद छन् । नेकपाका केही सांसदहरुले आइतबार नै व्यक्तिगत रुपमा सामाजिक सञ्जाल मार्फत भत्ता फिर्ता गरेको जानकारी गराएका थिए ।
प्रतिक्रिया