नवीकरण शुल्क नबुझाएका २५ कम्पनीको कारोबार रोक्का

काठमाडौँ, २ कात्तिक । नेपाल स्टक एक्सचेञ्जले वार्षिकरूपमा बुझाउनुपर्ने शुल्क नबुझाएको पाइएपछि २५ विभिन्न कम्पनीको कारोबारमा रोक लगाएको छ । स्टकले आज एक सूचनामार्फत ‘धितोपत्र सूचीकरण विनियमवाली, २०७५’ को विनियम २४ बमोजिम बुझाउनुपर्ने शुल्क नबुझाएको पाइएकाले ती कम्पनीको कारोबार रोकिएको छ ।

स्टकका अनुसार क्यापिटल मर्चेन्ट बैंक एन्ड फाइनान्स, क्रिष्टल फाइनान्स, हिमालयन फाइनान्स, मल्टी पर्पोज फाइनान्स, नेपाल शेयर मार्केट, सम्झना फाइनान्स, हिमाल दोलखा हाइड्रोपावर, जोशी हाइड्रोपावर, नेपाल हाइड्रो डेभलपर, अरुण वनस्पति, अरुण वनस्पति उद्योग र विराट सुज लिमिटेडको कारोबारमा रोक लगाएको छ ।

यस्तै, बुटवल पिइनिङ मिल्स, फ्युलर हिमालयन, गोरखाकाली रबर उद्योग, हरिसिद्धि इँटा तथा टायर कारखाना, हिमालय डिस्टिलरी, ज्योति स्पाइनिङ मिल, नेपाल बिटुमिन एन्ड ब्यारल उद्योग, रघुपति जुट मिल, श्री भृकुटी पल्स एन्ड पेपर मिल, रामसुगर मिल, नेपाल वेलफेयर कम्पनी, नेपाल टे«डिङ लिमिटेड, याक एन्ड यती होटल र नेपाल फिल्म डेभलपमेन्ट कम्पनी रहेका छन् । कारोबार रोकिएकामध्ये १० कम्पनी बन्द अवस्थामा छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति