काठमाडौं उपत्यकामा १७४६ जना कोरोना संक्रमित थपिए

काठमाडौं, १ कात्तिक । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १७४६ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार काठमाडौंमा १ हजार ४५१, ललितपुरमा १ सय ५२ र भक्तपुरमा १ सय ४३ जनालाई कोरोना संक्रमण देखिएको छ।

आज देशभर ३ हजार १ सय ६७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कुल संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको छ।

२४ घण्टायता १ हजार ८ सय जना संक्रमित डिस्चार्ज भएका छन्। देशभर डिस्चार्ज हुनेको संख्या जम्मा ८९ हजार ८ सय ३७ पुगेको छ।

आज देशभर ३७ हजार ७३७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board