चितवनमा कोरोनाबाट २ जनाको मृत्यु

चितवन, १ कात्तिक । चितवनमा कोरोनाबाट जनप्रतिनिधिसहित दुई जनाको मृत्यु भएको छ । मृतक दुवै जना खैरहनी नगरपालिकाको रहेको अस्पतालले जनाएको छ ।

जिल्लाको खैरहनी नगरपालिकाका वडा नं.१२ का वडा सदस्य बद्रीबहादुर पाण्डेको उपचारका क्रममा भरतपुर अस्पतालमा शनिबार बिहान मृत्यु भएको वडा अध्यक्ष टीकाराम तिमल्सिनाले जानकारी दिए ।

दुई दिनअघि कोरोना संक्रमण पुष्टि भएका ४१ वर्षीय पाण्डे क्यान्सर रोगबाट समेत पीडित थिए । उनको गत चैतमा क्यान्सरको अप्रेसन गरिएकोमा तेस्रो पटक किमो चढाइएको थियो ।

उनी गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।यसअघि, चितवनमा भरतपुर महानगरपालिका वडा नं. २० का वडाध्यक्षको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । यसैगरी चितवन मेडिकल कलेजमा उपचाररत खैरहनी नगरपालिका वडा नं. ६ निवासी ६८ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

ज्वरो, खोकी र निमोनियाको समस्या भएपछि ती महिलालाई गत असोज २४ गते अस्पताल भर्ना गरिएको थियो । असोज २७ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोभिड आईसीयूमा राखेर उपचार गर्ने क्रममा आज बिहान २ बजेर ८ मिनेटमा उनको मृत्यु भएको चितवन मेडिकलले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board