काठमाडौँ, १ कात्तिक । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट ३ करोड ९५ लाखभन्दा बढी मानिसमा संक्रमित बनेका छन् ।
शनिबार बिहानसम्म ३ करोड ९५ लाख ७३ हजार ४३ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यसमध्ये ७४ दशमलव ९३३ प्रतिशत निको भएका छन् ।
अर्थात् २ करोड ९६ लाख ५३ हजार ४३४ जना निको भएका छन् ।
पछिल्लो २४ घण्टामा २ लाख ७७ हजार ५६२ जना संक्रमण मुक्त भएका छन् भने ४ लाख १२ हजार ९१७ संक्रमित थपिएका छन् ।
यस्तै एकै दिन थप ६ हजार १८५ जनाको मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ११ लाख ९ हजार ७० पुगेको छ ।
सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा संक्रमितको संख्या ८२ लाख ८८ हजार पुगेको छ ।
दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ७४ लाख ३० हजारमा संक्रमण पुष्टि भएको छ ।
यस्तै ब्राजिलमा संक्रमित संख्या ५२ लाख १ हजार पुगेको छ । ब्राजिलमा विश्वमा तेस्रो धेरै संक्रमण भएको मुलुक हो ।
कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ३७ हजार ५६ जनाको मृत्यु भएको छ ।
६७ लाख २४ हजार ३५६ जना संक्रमित भएकोमा ३१ लाख ५१ हजार ८०५ जना संक्रमणमुक्त भएका छन् ।
COMMENTS