विश्वभर ३ करोड ९५ लाखमा कोरोना संक्रमण, एकै दिन थप ६ हजार १८५ जनाको मृत्यु

काठमाडौँ, १ कात्तिक ।  विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट ३ करोड ९५ लाखभन्दा बढी मानिसमा संक्रमित बनेका छन् ।

शनिबार बिहानसम्म ३ करोड ९५ लाख ७३ हजार ४३ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसमध्ये ७४ दशमलव ९३३ प्रतिशत निको भएका छन् ।

अर्थात् २ करोड ९६ लाख ५३ हजार ४३४ जना निको भएका छन् ।

पछिल्लो २४ घण्टामा २ लाख ७७ हजार ५६२ जना संक्रमण मुक्त भएका छन् भने ४ लाख १२ हजार ९१७ संक्रमित थपिएका छन् ।

यस्तै एकै दिन थप ६ हजार १८५ जनाको मृत्यु भएको छ ।

योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ११ लाख ९ हजार ७० पुगेको छ ।

सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा संक्रमितको संख्या ८२ लाख ८८ हजार पुगेको छ ।

दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ७४ लाख ३० हजारमा संक्रमण पुष्टि भएको छ ।

यस्तै ब्राजिलमा संक्रमित संख्या ५२ लाख १ हजार पुगेको छ । ब्राजिलमा विश्वमा तेस्रो धेरै संक्रमण भएको मुलुक हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ३७ हजार ५६ जनाको मृत्यु भएको छ ।

६७ लाख २४ हजार ३५६ जना संक्रमित भएकोमा ३१ लाख ५१ हजार ८०५ जना संक्रमणमुक्त भएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board