भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख १३ हजार नाघ्यो

काठमाडौँ, १ कात्तिक । भारतमा थप ६५ हजारमा संक्रमण भएसँगै संक्रमित संख्या ७४ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ६५ हजार १२६ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७४ लाख ३० हजार ६३५ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ६५ लाख २१ हजार ६३४ जना संक्रमणमुक्त भएका छन् । ७ लाख ९५ हजार ६९६ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख १३ हजार ३२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ थप ८८६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति