कोरोनाको केन्द्र बन्यो काठमाडौं उपत्यका,एकैदिन थपिए २४०२ संक्रमित

काठमाडौं ३० असोज । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप २ हजार ४०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा १७८४,, भक्तपुरमा २४४ र ललितपुरमा ३७४ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै देशभरमा थप ४ हजार ३९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा १६ हजार ५३१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण देखिएको हो । यससँगै देशभर कोरोना संक्रमितको संख्या एक लाख २६ हजार १३७ जना पुगेको छ ।

प्रवक्ता गौतमका अनुसार २४ घण्टामा उनीहरुमध्ये २१ जनाको मृत्यु भएको छ भने यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ७१५ पुगेको छ । आजसम्म ८८ हजार ४० संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ३ हजार ५२२ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । देशभर ३७ हजार ३८२ संक्रिय संक्रमित छन् । तीमध्ये संस्थगत आइसोलेसनमा १२ हजार ३३६ जना रहेका छन् भने होम आइसोलेसनमा २५ हजार ४६ जना रहेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board