काठमाडौं,३० असोज । अमेरिकामा सवारी दुर्घटनामा परेर एक नेपाली चेलीको निधन भएको छ । निधन हुनेमा सिन्धुपाल्चोक घर भई अमेरिकाको न्युयोर्क बस्ने पारू श्रेष्ठ रहेकी छिन् ।
क्विन्स उडसाइडमा लङ आइल्यान्ड रेल रोडको रेलले ठक्कर दिँदा पारुको मंगलबार बिहान ५ बजे उनको निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनको घटना स्थलमा नै निधन भएको र शनिबार दाहसंस्कार गरिने बताइएको छ ।
प्रतिक्रिया