देशभर ४,३९२ जना संक्रमित, २१ जनाको मृत्यु

काठमाडौं, ३० असोज । नेपालमा बितेको २४ घण्टामा थप ४ हजार ३९२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा १६ हजार ५३१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टाको अवधिमा देशभरि ३,५२२ सङ्क्रमित रोगमुक्त भएका छन् भने, अहिलेसम्म ८८,०४० सङ्क्रमित निको भईसकेको मन्त्रालयले जनाएको छ । नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या एक लाख २६ हजार नाघेको स्वास्थय मन्त्रालयले जनाएको छ । जसमा संस्थागत आइसोलेशनमा १२ हजार ३३६ र होम आइसोलेशनमा २५ हजार ४६ जना रहेका छन् ।

थपिएका संक्रमितमध्ये २ हजार ४०२ जना काठमाडौं उपत्यकाका छन् । हालसम्म १२ लाख ५४ हजार १६७ जनाको पीसीआर भइसकेको छ।

थप २१ जनाको मृत्यु
नेपालमा बितेको चौबीस घण्टामा थप २१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयको वेबसाइटमा उल्लेख गरिएको अनुसार योसहित नेपालमा अहिलेसम्म ७१५ सङ्क्रमितको मृत्यु भएको छ ।

उपत्यकामा थप २,४०२ जना संक्रमित
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ४ सय २ जनामा कोरोना पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ७ सय ८४ जना, भक्तपुरमा २ सय ४४ जना र ललितपुरमा ३ सय ७४ जना संक्रमित देखिएको हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board