भूमिगत समूह सक्रिय हुन थाले, निस्तेज पार्न तयार हुनुहोस् : गृहमन्त्री थापा

काठमाडौं, ३० असोज । गृहमन्त्री रामबहादुर थापाले संविधानको उपलब्धिलाई चुनौती दिँदै भूमिगत समूह सक्रिय हुन थालेको बताएका छन्। गृहमन्त्री थापाले राजनीतिक आवरणमा चन्दा असुली, विकास निर्माणमा अवरोध र आम नागरिकका हक अधिकार निर्भिकताका साथ प्रयोग गर्ने वातावरणमा बाधा पैदा गर्ने कोशिस गरिरहेको बताए ।

यस्ता गठबन्धन र समूहलाई निस्तेज पार्न प्रहरीलाई सूचना संकलन, विश्लेषण र फिल्ड अप्रेसनमा कतै पनि सम्झौता नगर्न गृहमन्त्री थापाले निर्देशनसमेत दिएका छन् । कोरोना संक्रमणको जोखिमकाबीच पनि प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्दै संगठनप्रति नागरिकको आशा बचाइराख्न आग्रह गरे । नेपाल प्रहरीका हजारौं राम्रा कामलाई नजरअन्दाज गर्दै औंलामा गन्न सकिने त्रुटीलाई मात्रै प्रचार प्रसार गरिएको गुनासो गर्दै गृहमन्त्री बादलले प्रहरीलाई रचनात्मक सुझाव र पृष्ठपोषण आवश्यक रहेको बताए।

‘दोष जति अरुलाई थुपार्ने र सदैव नकारात्मक, आलोचनात्मक सोचबाट मात्र निर्देशित सामाजिक परिवेशमा नेपाल प्रहरीका सकल दर्जाले जुन निर्भिकता र दृढताका साथ आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका छन्, त्यो प्रशंसनीय छ’, गृहमन्त्री थापाले भने, ‘नराम्रोलाई पटक–पटक नराम्रो भन्न नहिचकिचाउने हाम्रो समाज राम्रोलाई प्रशंसा गर्न शब्द खर्च गर्न किन कन्जुस्याई गर्छरु’

अपराधको घटना घट्दा हल्ला गर्ने समाज किन त्यही घटनाको सफल अनुसन्धानबाट प्रहरीलाई स्यावासी कन्जुस्याई गर्छ भन्दै थापाले प्रश्न गरे। समाजमा जे छ प्रहरीमा त्यही देखिने भन्दै त्यसैले प्रहरीमा वा देशको संरचनामा परिवर्तन चाहने समाजले आफ्नो सोचमा परिवर्तन ल्याउनु पर्ने बताए।

त्यसैगरि, हरी महानिरीक्षक (आइजीपी) शैलेश थापा क्षेत्रीले चुनौतीसँग जुध्ने र अन्याय, अपराधलाई निर्मूल पार्ने सामथ्र्य प्रहरीमा भएको बताए । नेपाल प्रहरीको गरिमालाई जोगाउन प्रहरी कर्मचारीले निःस्वार्थ योगदान दिने विश्वास पनि व्यक्त गरेका छन् । ६५ औं प्रहरी दिवसको अवसरमा शुभकामना दिँदै उहाँले स्वदेश तथा विदेशमा रहेका प्रहरी अधिकृत तथा जवानलाई व्यावसायिक सफलता, पारिवारिक सुख एवं सुखद् भविष्यको कामना गरे । कानूनको निष्पक्ष कार्यान्वयन सम्झौता विहीन विषय भएकाले न्याय र सुरक्षाको प्रत्याभूत गर्ने पनि उनले प्रष्ट पारेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board