बलिउड अभिनेता रणबीर सिंह चढेको गाडी दुर्घटना

काठमाडौं, ३० असोज । बलिउड अभिनेता रणबीर सिंह बिहिबार मुम्बईमा दुर्घटनाको शिकार भएका छन् । रणबीर डबिङको काम पूरा गरेपछि फर्किने क्रममा उनको गाडीलाई पछाडिबाट आइरहेको एउटा बाइक रणबीरको मर्सिडिज एसयूभीसँग ठोक्किदा दुर्घटनाको शिकार भएका हुन् ।

यो दुर्घटनामा न त उनलाई न नै उनको गाडीमा केही क्षती पुग्यो तर पापाराजीले उनका केही तस्बिर खिच्ने भने मौका पक्कै पाए । यी तस्बिर र भिडियो अब सोसल मिडियामा भाइरल भएका छन् जसमा रणबीर दुर्घटनापछि आफ्नो गाडीको स्थिती हेरिरहेको देख्न सकिन्छ ।

रणबीर गाडीबाट निस्किएर मोटरसाइकलको ठक्करले गाडीमा कत्तिको क्षती पुग्यो भनेर हेर्छन् र त्यसपछि पुनः गाडीमा बस्छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति