उपत्यकामा कोरोनाः संक्रमित संख्या ४९ हजार ५३८, सक्रिय संक्रमित १९ हजार ८२७ पुग्यो

काठमाडौं, ३० असोज । नेपालमा कोरोना संक्रमितको संख्या दिनहुँजसो बढिरहेको छ । देशैभर कोरोना संक्रमितको संख्या एक लाख २१ हजार ७४५ पुगेको छ । जसमा ८४ हजार ५१८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६९ दशमलव ४ प्रतिशत छ । देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ५३३ पुगेको छ ।

पछिल्लो तथ्यांक अनुसार कोरोना संक्रमितको सेन्टर उपत्यकामा देखिएको छ । सरकारी तथ्यांक अनुसार राजधानी उपत्यकामा कोरोना संक्रमितको संख्याको संख्या ४९ हजार ५३८ पुगेको छ । काठमाडौं, भक्तपुर र ललितपुरमा सक्रिय संक्रमितको संख्या १९ हजार ८२७ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख गरेको छ । कोरोना निको हुने संख्या भने २९ हजार ४८४ पुगेको छ ।

काठमाडौं जिल्लामा कोरोना संक्रमितको संख्या ४० हजार ७१ जना पुगेका छन् । जसमा संक्रिय संक्रमित १५ हजार ९०१ जना छन् । यस्तै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २२७ जना पुगेको मन्त्रालयको तथ्यांक छ । काठमाडौंमा कोरोना निको हुनेको संख्या २४ हजार १९ जना र कोरोनाबाट ज्यान गुमाउनेको संख्या १५१ पुगेको मन्त्रालयले जनाएको छ ।

भक्तपुरमा तीन हजार ९०३ संक्रमित छन् । जसमा संक्रिय संक्रमित एक हजार ३८६ जना छन् भने निको हुनेको संख्या दुई हजार ४८४ जना छन् । मृत्यु हुनेको संख्या भने ३३३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

ललितपुरमा कोरोना संक्रमितको संख्या पाँच हजार ५६४ जना पुगेको छ । निको हुनेको संख्या दुई हजार ९८१ जना छ। यस्तै संक्रिय संक्रमितको संख्या दुई हजार ५४० पुगेको छ । मृत्यु हुनेको संख्या भने ४३ छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board