सबै जिल्लामा पुग्यो कोरोना , ११ जिल्लामा ५ सयभन्दा धेरै (सूचिसहित)

काठमाडौं, ३० असोज ।  सबै जिल्लामा कोरोनाको सङ्क्रमण पुगेको छ । ११ जिल्लामा ५ सयभन्दा धेरै सक्रिय सङ्क्रमित रहेका छन् ।

This image has an empty alt attribute; its file name is corona_virus_or9H4DYNAQ-594x768.jpg

स्वास्थ्य मन्त्रालयकाअनुसार काठमाण्डौमा मात्रै १५ हजार ९ सय सक्रिय सङ्क्रमित छन्। ललितपुरमा २ हजार ५ सय ४० र भक्तपुरमा १ हजार ३ सय ८६ जना सङ्क्रमित छन् ।

मोरङ, सुनसरी, चितवन, मकवानपुर, दाङ, बाँके, रुपन्देही र सुर्खेतमा सङ्क्रमितको सङ्ख्या ५ सयभन्दा धेरै छ ।

बिहीबार ३ हजार ७ सय ४९ जना कोरोना सङ्क्रमित पुष्टि भएका छन् । योसँगै कुल सङ्क्रमितको संख्या १ लाख २१ हजार ७ सय ४५ पुगेको छ ।

बिहीबार ३ हजार ५ सय ६४ जना सङ्क्रमणमुक्त भएका छन् ।योसँगै सङ्क्रमणमुक्त हुनेको संख्या ८४ हजार ५ सय १८ पुगेको छ । बिहीबार देशभर ३६ हजार ५ सय ३३ जना सक्रिय सङ्क्रमित रहेका छन्।

शुक्रबार थप १९ जना सङ्क्रमितको मृत्यु भएको छ । योसहित नेपालमा सङ्क्रमितको मृत्यु संख्या ६ सय ९४ पुगेको छ ।

संस्थागत आइसोलेशनमा १२ हजार ३३९ जना र होम आइसोलेशनमा २४ हजार १९४ जना छन्। काठमाडौं उपत्यकामा बिहीबार थप १ हजार ९ सय ३४ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board