राजधानीमा ग्याँस सिलिण्डर विष्फोट हुँदा ४ जना घाइते

काठमाडौं, २९ असोज । नयाँ बजारस्थित एक घरमा ग्याँस सिलिण्डर विष्फोट हुँदा ४ जना घाईते भएका छन् । नयाँ बजारको फलफूल चोकस्थित एक घरभित्र ग्याँस सिलिण्डर हुँदा चार जना घाईते भएको प्रहरीले जनाएको छ ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक एसपी सोमेन्द्रसिंह राठोरका अनुसार बिहीबार भएको सिलिण्डर विस्फोटमा परी ४ जना घाइते भएको र घाइतेलाई उपचारको लागि मनमोहन अस्पतालमा लगिएको छ । घट्नाको थप विवरण आउन बाँकी छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति