भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ११ नाघ्यो

काठमाडौं, २९ असोज ।  भारतमा कोरोना संक्रमितको संख्या ७३ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ६७ हजार ९८८ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७३ लाख ५ हजार ७० पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ६३ लाख ८० हजार ४५६ जना संक्रमणमुक्त भएका छन् । ८ लाख १३ हजार ३०३ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ११ हजार ३११ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ६९४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति