देशभर कोरानामुक्त हुनेको संख्या ८० हजार नाघ्यो

काठमाडौं, २८ असोज । नेपालमा कोरोनाबाट निको हुनेको संख्या ८० हजार नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा बुधबार २ हजार१७४ जना संक्रमित निको भएर घर फर्किएसँगै निको हुनेहरुको संख्या ८० हजार ९५४ पुगेको हो

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ९ सय २७ जनाको पीसीआर परीक्षण भएको छ भने मुलुकभर संक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ पुगेको छ । हाल संस्थागत आइसोलशेनमा १४ हजार ८१९ र होम हाइसोलेशनमा २१ हजार ५४८ जना रहेको मन्त्रालयले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति