क्लिन-फिड: अव विदेशी च्यानलमा विज्ञापन प्रसारण गर्न नपाईने

काठमाडौं, २८ असोज । सरकारले नेपालमा बिना विज्ञापनका विदेशी च्यानललाई मात्र प्रसारण अनुमति दिने भएको छ। कात्तिक ७ गतेदेखि सरकारले नेपालमा विदेशी टेलिभिजन च्यानलमा विज्ञापन प्रसारण गरेमा च्यानल बन्द गर्ने चेतावनी दिएको हो।

सञ्चार तथा सूचना प्रविधिक मन्त्रालयका अनुसार विज्ञापन नियमन गर्ने ऐन, २०७६ अनुसार कात्तिक सात गतेदेखि नेपालमा क्लिन-फिड लागू हुने जनाएको छ । सूचना जारी गर्दै मन्त्रालयले विभिन्न संघसंस्थाको आग्रह भए पनि लागू हुने मिति सार्न नसकिने प्रष्ट पारेको छ। ऐनले तयारीका लागि भन्दै एक वर्ष समय दिएको तर अझै पनि तयारीका लागि भनेर समय थप गर्न नसकिने जनाएको छ ।

विज्ञापनरहित च्यानलमा नेपाली विज्ञापन पनि नराख्न संसदीय समितिले यसअघि नै सञ्चार तथा सूचना प्रविधिक मन्त्रालयलाई निर्देशन दिइसकेको छ। क्लिन-फिड लागू गर्ने म्याद थप गर्न भारतीय प्रसारक मञ्च, विभिन्न टेलिभिजन नेटवर्क तथा नेपालका केवल टेलिभिज संघहरुले यसअघि पनि आग्रह गरिसकेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति