कोरोनाबाट बच्न गुर्जो कति प्रभावकारी ? विज्ञको यस्तो सुझाव

काठमाडौं, २८ असोज । नेपालमा संक्रमणको दरपनि बढ्दै गएको छ । विश्व कोरोना भाइरस संक्रमणका कारण अस्तव्यस्त छ । विश्वभरका वैज्ञानिकहरु यसको औषधि र भ्याक्सिनको खोजिमा छन् । तर अहिलेसम्म कुनै तात्विक परिणाम आउन सकेको छैन । त्यसैले कोरोना संक्रमणसँग बँच्नको लागि रोग प्रतिरोधात्मक क्षमताको विकास हुनु नै अहिलेको उपयुक्त उपाय मानिएको छ ।

विश्वभरका वैज्ञानिकहरु यसको औषधि र भ्याक्सिनको खोजिमा छन् । तर अहिले सम्म कुनै तात्विक परिणाम आउन सकेको छैन । त्यसैले कोरोना संक्रमणसँग बँच्नको लागि रोग प्रतिरोधात्मक क्षमताको विकास हुनु नै अहिलेको उपयुक्त उपाय मानिएको छ । मानिसहरुले रोग प्रतिरोधात्मक क्षमता बढाउने घरायसी जडिबुटीप्रति चासो बढाउँदै गएको देखिन्छ । त्यसैमध्येको एक हो पछिल्लो समय नेपालमा प्रचलनमा रहेको गुर्जो । नेपालमा अहिले गुर्जोको प्रयोग बढेको छ । हरेक पसलमा गुर्जो विक्री गर्न राखिएको पनि देखिन्छ ।

रोग प्रतिरोधात्मक क्षमता बढाउने घरायसी जडिबुटीप्रति चासो बढाउँदै गएको देखिन्छ । त्यसैमध्येको एक हो पछिल्लो समय नेपालमा प्रचलनमा रहेको गुर्जो । नेपालमा अहिले गुर्जोको प्रयोग बढेको छ । हरेक पसलमा गुर्जो विक्री गर्न राखिएको पनि देखिन्छ । विज्ञ डा ऋषिराम कोइराला पनि रोग प्रतिरोधात्मक क्षमता विकासका लागि गुर्जो प्रयोग गर्नु उपयुक्त हुने बताउँछन् । गुर्जो दैविक कालदेखि नै उल्लेखित जडिबुटी भएको र पछिल्लो समय वैज्ञानिक रुपमा अध्ययन गरिएका तथ्यहरुले पनि प्रमाणित गरिसकेको बताए ।

रगतमा हुने हेल्परटिसियल्सहरुको क्षमता बढाउने र शरीरमा हुने एन्टीजिन प्रोसेसलाई राम्रोसँग व्यवस्थित गर्ने गुण गुर्जोमा हुने उनले बताए । गुर्जोको प्रयोग धुलो बनाएर वा उमालेलर खान सकिन्छ । डा कोइरालाका अनुसार हरियो गुर्जो छ भने सानो एक टुक्क्रालाई थिचेर पानीमा उमालि छानेर चिया जस्तै खान सकिन्छ भने सुकेको गुर्जो भए धुलो बनाई पानीमा घोलेर वा त्यतिकै पनि एकचम्चा सम्म खान सकिन्छ । कोभिड १९ संक्रमणसँग लडनका लागि पनि गुर्जो प्रभावकारी हुने उनले बताए । त्यसैले कोभिड संक्रमण भएका मानिसहरुले समेत दिनमा दुई तीनपटक सम्म खानसक्ने उनको भनाइ छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board