काठमाडौं, २८ असोज । लामो समयपछि संघीय संसद, निजामति सेवा र स्वास्थ्य सेवातर्फ सहसचिव तथा उपसचिव पदका लागि लोक सेवा आयोगले आवेदन खुला गरेको छ। आयोगले बुधबार राजपत्राङ्कित प्रथम र द्वीतीय श्रेणी प्राविधिक-अप्राविधिक, स्वास्थ्य सेवातर्फ नवौं र एघारौं तहका पदका लागि विज्ञापन खुलाएको हो ।
आयोगले एक सय ८० भन्दा बढी सहसचिव र चार सय ५० भन्दा बढी उपसचिव पदमा आयोगले आवेदन मागेको छ। अधिकांश कोटा बढुवाबाट पदपुर्ति हुने खालका छन् भने खुलामा थौरैमात्रै सिट छन्। कोरोनाभाइरस महामारीपछि गत चैतदेखि आयोगले आवेदन खुला गरेको थिएन।
प्रतिक्रिया